माडी नगरपालिकाको भवन उद्घाटन गर्दै प्रचण्ड। तस्बिर : स्वदेश एफएमको फेसबुकबाट।
काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनस्थित माडी नगरपालिकाको पहिल्यै उद्घाटन भइसकेको भवन फेरि उद्घाटन गरेका छन्।
प्रचण्डले आइतबार नगरपालिकाको कार्यपालिका भवन उद्घाटन गरेका हुन्। प्रचण्डले माडी–३, बसन्तपुरस्थित हिलसाइडमा निर्मित तीनतले कार्यालय उद्घाटन गरे।
२७ मंसिर २०७७ मा नगरपालिको भवन उद्घाटन गर्दै नगर प्रमुख ठाकुरप्रसाद ढकाल
तर, सोही भवन नगर प्रमुख ठाकुरप्रसाद ढकालले गएको मंसिर २७ गते उद्घाटन गरेका थिए। पहिले नै मेयरले उद्घाटन गरिसकेको भवन प्रचण्डले फेरि उद्घाटन गरेर ‘नाटक’ गरेको माडीका एक वडाध्यक्षले बताए।
‘खासमा उहाँ पार्टीको कामले आउनुभएको हो। तर, नगरको भवन उद्घाटन गरेर पार्टी काममा राज्यको स्रोत खर्च गर्ने मनसाय देखिन्छ। नगरको खर्चमा पार्टीको कार्यक्रम गर्न खोजियो’, ती वडाध्यक्षले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।