• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बहुमतका लागि १ सांसद नपुग्दा लुम्बिनीमा अविश्वासको प्रस्ताव अड्कियो

64x64
नेपाल लाइभ आइतबार, वैशाख ५, २०७८  १६:१२
1140x725

काठमाडाैं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पारित हुन एक मत नपुग्दा कांग्रेस र माओवादी केन्द्रको पहलले सार्थकता पाउन सकेको छैन।

जनता समाजवादीकी सांसद कल्पना पाण्डे अविश्वासको प्रस्तावको पक्षमा नदेखिँदा मुख्यमन्त्रीविरुद्ध विपक्षी दललाई बहुमत पुगेको छैन। जसपा अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोको पक्षमा रहेकी कल्पना पाण्डे अविश्वास प्रस्तावको विपक्षमा छन्। प्रदेश सभामा ६ सांसद रहेको जसपाका अन्य पाँच सांसद भने अविश्वासको प्रस्तावको पक्षमा छन्।

जसपासँग भएका ६ जना प्रदेश सभा सदस्यमा तत्कालीन समाजवादीबाट पाँच जना र तत्कालीन राजपा पक्षबाट एक जना सांसद छन्। जसपाको उपेन्द्र यादव र डा बाबुराम भट्टराई पक्षमा विजयबहादुर यादव, सन्तोष पाण्डे, सहसराम यादव, सुमन शर्मा रायमाझी र पुर्मती ढेगा छन्।

माओवादी केन्द्रलाई मुख्यमन्त्री बनाउने गरी कांग्रेस–माओवादीबीच आन्तरिक तयारी भएपनि जसपा सांसद निर्णायक बनेकी छन्। पार्टी केन्द्रको निर्देशन विपरीत अविश्वासको प्रस्तावको पक्षमा मतदान नगर्ने जसपा सांसद पाण्डेले नेपाल लाइभलाई बताइन्।

कुल ८५ प्रदेश सभा सदस्यमा माओवादी केन्द्रका सभामुखसहित १८ जना छन्। २० जना प्रदेश सदस्य रहेको माओवादी केन्द्रका दिनेश पन्थी र माधव शर्मा एमालेमा गएकाले कारबाहीमा परेका छन्।

Ncell 2
Ncell 2

माओवादी निकटका पूर्णबहादुर घर्ती सभामुख छन्। अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न पाउने माओवादी केन्द्रका सांसद १७ जना छन्। कांग्रेसका १९ जना छन्। राष्ट्रिय जनमोर्चाबाट १ सांसद छन्। कांग्रेस–माओवादी केन्द्र– जसपा–राजमो गर्दा विपक्षी दलको मत ४३ पुग्दछ। बहुमतका लागि ४३ मत नै आवश्यक पर्दछ। त्यसका लागि विपक्षी सबै दल एक ठाउँ उभिनुपर्ने हुन्छ। ४१ सदस्य रहेको एमालेका लागि बहुमत पुर्‍याउन २ सांसद भए पुग्छ। तर, माधव नेपाल पक्षका सांसदले मत दिनेमा मुख्यमन्त्री पोखरेल ढुक्क हुने अवस्था भने छैन।

सरकार ढाल्नसक्ने निर्णायक पात्र कल्पना पाण्डेले आफ्ना अध्यक्ष ठाकुरलाई भेटेर अविश्वासको विपक्षमा उभिने मनस्थिति बनाएकी छन्। ‘पार्टी केन्द्रको राजनीति अनुसार प्रदेशमा आफ्नो भूमिका देखाउन भन्नुभएको छ।’ काठमाडौंमा रहेकी पाण्डेले भनिन्, ‘पार्टी केन्द्रले जे निर्देशन गर्छ,त्यही अनुसारको भूमिका देखाउँछु।’

पाण्डेले निर्णय नलिँदा उनलाई मनाउन कांग्रेस र माओवादी केन्द्रका सांसदहरू प्रयासरत छन्। उनीहरुको प्रयासले पनि पाण्डे ‘कन्भिन्स’ हुन सकेकी छैनन्। बहुमतका लागि एक सांसद अपुग भएकाले अविश्वासको प्रस्ताव दर्ता हुन नसकेको माओवादी केन्द्रकी प्रदेश सांसद दामाकुमारी शर्माले बताइन्। पार्टी केन्द्रको निर्देशन कुरिरहेकी जसपा सांसद पाण्डेलाई अविश्वासको प्रस्तावका पक्षमा ल्याउन प्रयास भइरहेको शर्माले बताइन्। 

एक सांसद नपुगेकै कारण अविश्वासको प्रस्ताव दर्ता हुन नसकेको भनाइप्रति कांग्रेस असहमत छ। दलहरूबीच वार्ता जारी भएको बताउँदै कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाले भने, ‘जसपाको कारण मात्रै अविश्वासको प्रस्ताव दर्ता हुन नसकेको होइन। हामी छलफलकै क्रममा छौं। अविश्वासको पक्षमा हस्ताक्षर गर्ने सांसद धेरै जना जम्मा हुन पनि समय लाग्छ।’

विपक्षी चार दलबीच माओवादीलाई मुख्यमन्त्री दिने गरी मन्त्रिमण्डलमा भागवण्डा गर्ने तयारी छ। माओवादीलाई मुख्यमन्त्रीसहित २ मन्त्री, कांग्रेसबाट ३ र जसपाबाट ३ मन्त्री बनाउने आन्तरिक छ।

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १६:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
८५ पुग्यो समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा
सम्बन्धित सामग्री
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा आफ्नो निवास महाराजगञ्जमा छलफल गरेका देउवा पार्टीमा एकता कायम गर्न महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग सम्वाद गर्न तय... सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशन लम्बियो विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले बैठक मंगलबारसम्म लम्बिएको बताए । सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले भने, ‘अहिले मुलुक गम्भीर अवस्थामा छ । पार्टी पनि त्यतिकै गम्भीर अवस्थामा छ । पार्ट... सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
८५ पुग्यो समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या सोमबार, पुस २८, २०८२
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश सोमबार, पुस २८, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशन लम्बियो सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्