काठमाडाैं– भारतको गुजरात राज्यमा एकै परिवारका ६ जनाले सामूहिक आत्महत्या प्रयास गरेका छन्।
वडोदरास्थित समा इलाकाको स्वाती सोसाइटी निवासी एक परिवारैले सामूहिक आत्महत्या कोसिस गरेको हो।
बुधबार उनीहरूले विष खाएका हुन्, त्यस क्रममा ३ जनाको मृत्यु भएको छ भने तीन जनालाई अस्पतालमा भर्ना गरिएको छ।
एसपी भरत राठौडले भने, ‘तीन जनाको मृत्यु भयो र बाँकी ३ जनाको उपचार भइरहेको छ।’
उनीहरुका छिमेकीका अनुसार परिवार आर्थिक अभाव झेलिरहेको थियो।
भारतीय प्रहरीका अनुसार घटनास्थलमा कुनै सुसाइड नोट भने फेला परेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।