काठमाडौं– नेकपा एकीकृत समाजवादीको युवा संगठन, युवा संघका अध्यक्ष नरेश कुमार शाही सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।
उनी बाजुरा–१ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार शाहीले १० हजार ९७३ मत पाएका छन्।
उनका निकटम प्रतितस्पर्धी नेकपा एमालेका बल देख रेग्मीले ८ हजार ६३२ मत पाए। नेकपा माओवादी केन्द्रका कर्ण बहादुर विश्वकर्माले एक हजार ९८ मत पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।