• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, वैशाख २७, २०८२ Sat, May 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य
राष्ट्रिय खेलकुदमा विभागीय वर्चश्व कायमै : आर्मी बन्यो च्याम्पियन, कसको स्थान कति?  
64x64
रिखिराम जिसी बिहीबार, कात्तिक ३, २०७९  २०:०४
1140x725

पोखरा – नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदको विजेता बनेको छ।

बिहीबार सम्पन्न खेलमा आर्मी ३ सय ७१ पदक जित्दै विजेता बनेको हो। आर्मीले १ सय ७२ स्वर्ण, १ सय १० रजत र ८९ कास्य पदक जितेको छ। लगातार तेस्रो पटक आर्मी च्याम्पियन बनेको हो । यसअघि आर्मी सातौं राष्ट्रिय खेलकुद र आठौं राष्ट्रिय खेलकुदमा च्याम्पियन बनेको थियो। 

अघिल्ला संस्करण जस्तै यो पटक पनि शीर्ष ३ मा विभागीय टोलीको दबदबा कायम रह्यो। नवौं खेलकुदको दोस्रो स्थानमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र तेस्रो स्थानमा नेपाल प्रहरीको नेपाल पुलिस क्लब रहन सफल भए।

एपीएफले २ सय १९ र पुलिसले १ सय १९५ पदक जित्न सफल भयो। एपिएफले ६५ स्वर्ण, ७३ रजत र ८१ कास्य पदक जितेको छ । यस्तै, पुलिसले ६१ स्वर्ण, ६१ नै रजत र ७३ कास्य पदक जित्न सफल भयो। 

समग्रमा चौथोमा रहेको गण्डकी प्रदेश प्रदेशतिर पहिलो नम्बरमा छ। गण्डकीले १ सय २० इभेन्टमा जित निकालेको छ। ३२ इभेन्टमा स्वर्ण, ३१ इभेन्टमा रजत र ५७ इभेन्टमा कास्य पदक गण्डकीका खेलाडीहरूले प्राप्त गरे। बागमती प्रदेश समग्रमा पाँचौ स्थानमा रह्यो। बागमतीले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य पदकसहित १ सय ४५ पदक जित्न सफल भयो। 

Ncell 2
Ncell 2

प्रदेश १ अंक तालिको छैटौं स्थानमा रह्यो । प्रदेश १ ले १० स्वर्ण, २३ रजत र ५० कास्य गरी कुल ८३ पदक जित्यो । सातौं स्थानमा सुदूरपश्चिम प्रदेश रह्यो । जसले समान १०–१० स्वर्ण र रजत र ४३ कास्य गरी कुल ६३ पदक जितेको छ।

पहिलो पटक सहभागिता जनाएको एनआरएनए आठौं स्थानमा रह्यो। एनआरएनले १० स्वर्ण, ९ रजत र ७ कास्य गरी कुल २६ पदक जित्दै आठौं स्थानमा रहन पुगेको हो।

लुम्बिनी प्रदेश अंक तालिकाको नवौं स्थानमा र मधेश प्रदेश दशौं स्थानमा रहे। लुम्बिनीले  ६ स्वर्ण, २२ रजत र ४० कास्य गरी ६८ पदक र मधेशले ५ स्वर्ण, ८ रजत र २६ कास्य गरी ३९ पदक जित्न सफल भयो। 

shivam cement
shivam cement

अंक तालिकाको अन्तिम स्थानमा कर्णाली प्रदेश रहन पुग्यो। दशौं राष्ट्रिय खेलकुदको आयोजकसमेत रहेको कर्णालीले २ स्वर्ण, ४ रजत र १२ कास्य गरी कुल १८ पदक जित्दै प्रतियोगिता सक्कायो। 

नवौं राष्ट्रिय खेलकुदको आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पहिलो पटक च्याम्पियनसिप ट्रफी प्रदान गरेको छ। पहिलोपटक राष्ट्रिय खेलकुदका लागि चाँदीको ट्रफी बनाइएको हो। १० लाख रुपैयाँमा तयार भएको ट्रफी च्याम्पियन बनेको त्रिभुवन आर्मी क्लबलाई प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदान गरे।

राष्ट्रिय खेलकुद प्रतियोगिताको दशौं संस्करण २०८१ साल मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ। गण्डकी प्रदेशको राजधानी पोखरामा भर्खरै सम्पन्न नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले उक्त मिति घोषणा गरेका हुन्।

बैठकमा एघारौं राष्ट्रिय प्रतियोगिताका लागिसमेत विभिन्न प्रदेशले माग राखेका थिए। मधेश प्रदेशले एघारौं संस्करण आयोजना गर्नका लागि अहिल्यै प्रस्ताव गरेको छ। यस्तै, सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश लगायतले पनि एघारौं राष्ट्रिय खेलकुद आयोजनाका लागि दाबी गरेका छन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  २०:०४
  • #नवौं राष्ट्रिय खेलकुद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
जुम्ला–रारा म्याराथन भोलि देखि, ५९१ धावक सहभागी हुँदै कर्णाली स्पोर्ट क्लबले आज यहाँ पत्रकार सम्मेलन गरेर  छैटौँ संस्करणको दौडको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । शुक्रबार, वैशाख २६, २०८२
नवौं पीएम कप एनभीए भलिबल लिग पोखरामा हुने नेपाल भलिबल संघको आज बसेको कार्यसम्पदान समितिको बैठकले नवौं एनभीए भलिबल लिग पोखरामा गर्ने निर्णय गरेको संघका महासचिव रोशन श्रेष्ठले... बुधबार, वैशाख २४, २०८२
अदिशलाई अस्ट्रेलियामा गोल्डकोस्ट ओपन तेक्वान्दोको स्वर्ण पदक अस्ट्रेलियाको गोल्डकोस्टस्थित करार स्टेडियममा अदिशले १७ वर्षमुनि उमेरसमूह पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन्। आदिशले च्याम्पियन ह... आइतबार, वैशाख २१, २०८२
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्