काठमाडौं- बृहत् नागरिक आन्दोलनले माइतीघर मण्डलमा प्रदर्शन गरेको छ।
बृहत् नागरिक आन्दोलनका तर्फबाट नारायण वाग्लेलगायतका नागरिक अगुवाले बिहीबार बेलुका माइतीघरमा प्रदर्शन गर्दै कोरोना नियन्त्रणमा सरकारले अवलम्बन गरेको नीतिप्रति विरोध जनाएका छन्।
उनीहरूले कोरोना नियन्त्रणमा चुकेको सरकारले प्रतिनिधि सभा भंग गरेर चुनाव घोषणा गरेकोमा पनि विरोध जनाएका छन्।
जनतालाई अक्सिजन चाहिएका बेला राज्यको ध्यान भने चुनावमा गएको उनीहरूको भनाइ छ।
निषेधाज्ञा बढाइएकोप्रति पनि उनीहरूले विरोध जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।