काठमाडाैं- आइतबार काठमाडाैं उपत्यकामा घोडेजात्रा पर्व मनाइएको छ। यही अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, प्रधानसेनापति पूर्णचन्द्र थापालगायतका विशिष्ट व्यक्तिको उपस्थितिमा कार्यक्रम गरिएको हो।
समारोहमा नेपाली सेनाले अश्वकला, युद्धकला, मोटरसाइकल खेल, शारीरिक व्यायामलगायतको प्रदर्शन गरिएको थियो।
प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा पर्व मनाइँदै आएको छ। उपत्यकामा कोरोना भाइरस संक्रमण पुनः बढ्न थालेकाले सीमित व्यक्तिलाई आमन्त्रण गरी औपचारिक कार्यक्रम मात्र गरिएको नेपाली सेनाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।