काठमाडौं- फागु पूर्णिमा अर्थात रङहरुको पर्व होली पहाडी र हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइएको छ।
उपत्यकालगायत देशभर उल्लासमय वातावरणमा होली पर्व मनाउने प्रचलन रहेपनि यो वर्ष भने कोरोनाका भाइरसका कारण केही शान्त देखिएको भएपनि राजधानीका केही स्थानमा भने विगतको झै होली मनाइएको छ। सरकारले भिडभाड भएर होली खेल्न निषेध गरेपनि बसन्तपुरमा भने यसको प्रभाव परेन।
संक्रमण फैलिएको सन्दर्भमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले कुनै पनि औपचारिक कार्यक्रमका लागि स्वीकृति दिएको थिएन तर स्वतस्फुर्त रुपमा भने होली मनाइएको छ।
बसन्तपुरको होली मनाउने कार्यक्रममा भने पर्यटकहरुसमेत पुगेका थिए।
राजधानीका विभिन्न स्थानमा पुगी नेपाल लाइभले होलीका केही दृश्य कैद गरेका थियौं।
हेरौं केही तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।