काठमाडौं- काठमाडौंको वसन्तपुरमा विधिवत रुपमा चीर ठड्याएसँगै रंगहरुको पर्व फागू पूर्णिमा (होली) मंगलबारदेखि औपचारिक रुपमा सुरु भएको छ।
मंगलबार बिहान ७ बजेर ५७ मिनेटको साइतमा चीर ठड्याइएको हो। हनुमानढोका दरबारको मूलद्धार अगाडि रंगीचंगी कपडाले सिंगारिएको चीर गाडिएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ।
चीर ठड्याइदा हनुमानढोका गुरुजूको पल्टनले हर्ष बढाँई समेत गरेको थियो। वसन्त ऋतुको सुरुवातसँगै मनाइने यो पर्व यस वर्ष पहाडी जिल्लामा फागुन २६ गते र तराइका जिल्लामा फागुन २७ गते मनाइँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।