वीरगञ्ज- प्रदेश २ मा यतिबेला छठ पर्वको उल्लास छाएको छ। छठ पूजाका लागि यहाँका पोखरी, नहर तथा नदी किनार सजाइएको छ।
सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्ध्य दिएपछि सम्पन्न हुन्छ।
यस पर्वमा ठकुवा, भुसुना, घ्यूमा तयार पारेका अन्य मिठाइ पनि खाने गर्दछन्। यो पर्वका लागि सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ। यो पर्वको रौनक एवं चमक हेर्न बुधबार साँझ र बिहीबार बिहान हजारौंको भीड लाग्ने गरेको छ।
छठ पर्व मनाइने प्रमुख स्थानमध्येमा पर्छ पर्साको वीरगञ्जस्थित घडिअर्वा पोखरी। यो पोखरीलाई छठ पर्वका लागि दुलहीजस्तै सिङ्गारिएको छ।
मङ्गलबार साँझ ड्रोनबाट लिइएको घडिअर्वा पोखरीको तस्बिर/भिडियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।