अमेरिका- साहित्यकार गोवर्द्धन पूजालाई 'राजमित्र स्मृति प्रज्ञा पुरस्कार' प्रदान गरिने भएको छ। साहित्यकार सुशील नेपालले मातापिताको नाममा स्थापना गरेको सो पुरस्कार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरले प्रदान गर्ने भएको हो।
पुरस्कारको राशी दुई सय पचास अमेरिकी डलर रहेको छ। उक्त पुरस्कार अमेरिकाको बोस्टनलाई कार्यक्षेत्र बनाई साहित्यिक सिर्जना गर्ने र सिर्जना गर्न उत्प्रेरित गर्ने साहित्यकारलाई प्रदान गर्ने गरिएको छ। यसअघि साहित्यकार भारती गौतम र दिनेश राजभण्डारीले सो पुरस्कार पाइसकेका छन्।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रित महासचिव रहेका गोवर्द्धन पूजा अमेरिकामा रहेर नेपाली साहित्यमा योगदान पुर्याइरहेका छन्। उनका पीडा अवतार, वाचाल ओठहरू, प्रेम अवतार, अनामनगरकी अम्बिका लगायत कवितासंग्रह सहित कथा, गज़ल, उपन्यास विधाका नौ कृति प्रकाशित छन्|
अनेसास बोस्टन च्याप्टरका अध्यक्ष लालगोपाल सुवेदी, पूर्वअध्यक्ष हरिप्रसाद काफ्ले र दिनेश राजभण्डारीको त्रिसदस्यीय निर्णायक समितिले पुरस्कारको निर्णय गरेको हो। पुरस्कार आगामी महिना बोस्टनमा आयोजना गरिने कार्यक्रममा प्रदान गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।