काठमाडौं- सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन्। उनले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन्।
प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणा आएपछि जोशीलाई मुद्दा हेर्न दिएका थिएनन्। जोशीको जिम्मेवारी पुस १९ देखि नै खोसिएको थियो। त्यसपछि जोशी बिदामा बस्दै आएका थिए।
मेलमिलाप परिषद्को अध्यक्ष समेत खोसेर ईश्वरप्रसाद खतिवडालाई दिइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।