काठमाडौं- नेकपा सांसदले रेलमार्ग विस्तारबारे प्रधानमन्त्री केपी ओलीलाई राखेको प्रश्नमा प्रधानमन्त्रीले अब 'लक' खुलिसकेको जवाफ दिएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा जारी प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा सांसद पोखरेलले समृद्ध नेपाल र सुखी नेपाली बनाउने लक्ष्यका साथ मित्र राष्ट्र चीनबाट काठमाडौँबाट लुम्बिनी हुँदै पोखरा र पूर्व–पश्चिम रेलमार्ग विस्तार गर्ने दुरगामी महत्वको योजनाबारे स्मरण गराए। साथ उनले यसमा के कस्तो प्रगति भइरहेको छ भनी सोधेको प्रश्नमा प्रधानमन्त्रीको जवाफ-
हामी एउटा ठूलो परिवर्तनपछि, ऐतिहासिक नेपाली समाजको रुपमान्तरणपछि यस बिन्दुमा आएका छौं। हामीले ऐतिहासिक उपलब्धि हासिल गरेका छौं। चुनाव भैसक्यो। हामी नीतिगत स्पस्टता र सरकारको स्थायित्वका साथ आज बिकासको मार्गमा अघि बढेका छौं।
देश बिकासको मार्गमा तीब्रताका साथ अघि बढिरहेको छ। बिकास चौतर्फी ढंगले अघि बढ्नुपर्छ। शिक्षाको क्षेत्रमा विद्यालय जाने उमेरका विद्यार्थी बाहिर नरहनु भनेर काम गरेका छौं। साक्षरताको विशेष अभियान सञ्चालन गरेका छौं। यसबाट निकट भविष्यमा हामी निरक्षरता उल्मुलन गरेर साक्षर नेपालको हैसियतमा उठ्छौं। यो आार्थिक हिसावले केही सूचक पुरा गरेर माथि जानेमात्रै होइन, हाम्रा पछौटेपनका सम्पूर्ण पक्षहरुलाई विदा गर्ने।
कतिपयले छलफल गरेको पनि सुनियो ल्यान्ड लिंक्ड किन भनिएको ल्यान्ड लक्ड नै हो भनेर। अब लक्ड खुलिसक्यो। दक्षिणतिरबाट पनि लक खुल्यो। उत्तरतिरबाट पनि खुल्यो। अब ल्यान्ड कनेक्टेड भन्ने पो हो कि त? अब लक्ड चाहिँ छैन।
बिकासका प्रयासलाई चौतर्फ ढंगले हामी अघि बढाउँदै छौं। हामीले वे अफ बंगाल नरहने गरी समुद्री बाटो तय गर्दैछौं । केही समय लाग्छ। वार्ता भइरहेको छ। भर्खरै पनि दिल्लीमा वार्ता भयो। केही समयपछि पोखरामा पनि भारत–नेपालबीचमा वार्ता हुँदैछ।
हामीले अरु थुप्रै पक्षमा अनुकुल अवस्थाको सिर्जना गरको छौं।
पूर्व–पश्चिम रेलका सन्दर्भमा स्रोत सुनिश्चित हुँदैछ। विश्व बैंक, एडिबी वा अरु मित्र शक्ति राष्ट्रहरु, संस्थाहरुसँग कुराकानी भइरहेको छ। त्यसको एलाइनमेन्ट, सर्वे, त्यसको लागत आदि कुराहरु पनि भैराखेको छ र काम अघि बढिरहेको छ।
वीरगञ्ज–काठमाडौँ हामी रेलमार्ग ल्याउँदै छौं। यस सम्बन्धमा भारत सरकारसँगको वार्ता निकै अघि बढेको छ। कामहरु अघि बढेका छन्।
चीनतर्फबाट सिगात्सेसम्म आइसकेको छ। केरुङ हुँदै काठमाडौँसम्म आउँछ। काठमाडौँ–पोखरा हुँदै लुम्बिनी पुर्याउने पनि हामीले भनेका छौं। यी कुराहरु हामीले त्यतिकै भनेका होइनौं। अबको समयको माग, अबको समयको आवश्यकता, बिकासका प्रयासहरुलाई मुर्त रुप दिनका लागि, उपलब्धिपूर्ण ढंगले देश अघि बढाउनका लागि यी काम हामी गर्दै छौं । हामीले यत्तिकै भनेका छैनौं –समृद्ध नेपाल सुखी नेपाली।
कृषिलाई बढावा दिने कुरो, हिजो बन्द भएका उद्योगहरु खोल्ने कुरा। हिजो मात्रै हामीले मन्त्रिपरिसद्बाट निर्णय गर्यौं– गोरखकाली रबर उद्योगको अर्बौ तिर्नुपर्ने तिरेर फरफारम गरेर विगतका अवस्थालाई अब व्यस्थामा बदलेर पुनः कसी अगाडि बढ्ने?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।