बेनी– म्याग्दी बेनीतिर अरिङ्गालको होइन अरिङ्गालवालीको चर्चा छ। प्रधानमन्त्री केपी ओलीले आफ्ना कार्यकर्तालाई सरकार विरोधीप्रति जाइ लाग्न ‘अरिङ्गाल’ बन्न आग्रह गरेकाले अरिङ्गालको चर्चा सर्वत्र भयो। तर अरिङ्गाल व्यवसाय गर्दै आएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सृर्जना भट्टचनको कथा भने अलिक अलग छ।
_x000D_
_x000D_
लामो समयदेखि होटल व्यवसायमा आबद्ध सृजना पछिल्लो समय अरिङ्गालवाली भनेर चिनिनुको कारण हो, अरिङ्गालको व्यापार। बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जनाको अरिङ्गालको व्यापार फष्टाउँदै गएकाले ग्राहकले उनलाई ‘अरिगाङ्लवाली’ भन्न थालेका हुन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
‘मलाई अरिङ्गालवाली भन्दा रमाइलै लाग्छ’ सृजनाले सुनाइन् ‘कतिपयले त अरिङ्गाल खाएर सामाजिक सञ्जालमा फोटो पोष्ट पनि गर्छन्। झन् रमाइलो लाग्छ।’
_x000D_
_x000D_
दुई वर्षअघि गलेश्वरको चमेरेमा अरिङ्गालको व्यापार गरेको देखेपछि उनले पछिल्लो तीन महीनादेखि आफैँले अरिङ्गालको व्यापार गर्दै आएकी रहेछिन्। ‘यो व्यवसायमा लाग्न मलाई सल्लाह दिने महिला उद्यमी पुष्पा पुन हुन्’ सृजनाले भनिन्, ‘व्यापार पनि र चर्चा पनि भइरहेको छ।’
_x000D_
_x000D_
अरुले भिरबाट गोलो ( अरिङ्गालको वासस्थान ) पोलेर ल्याएको अरिङ्गाल सृजनाले मानको १५ सय रुपियाँमा खरिद गर्ने रहेछिन्। ‘म्याग्दी विमका रिमबहादुर र खिमबहादुर गौतम भाइले पोेलेर ल्याउने अरिङ्गाल किन्छु, र प्रति प्लेट ५ सयमा बेच्छु’ सृजनाले व्यापारको पोयो खोलिन्, ‘शुरुमा त रु दुई हजारसम्म मानको तिरेर अरिङ्गाल किन्ने गर्थेँ।’
_x000D_
_x000D_

_x000D_
_x000D_
होटलमा अरिङ्गाल खाने कसरी आइपुगे त ग्राहक ?
_x000D_
‘यो सब फेसबुकको कमाल हो। मैले फेसबुकमार्फत नै यसको प्रचार गरेँ। त्यहीबाट यसको व्यापार बढ्न थाल्यो’, सिर्जनाले सामाजिक सञ्जालले आफ्नो व्यापार बढाउन मद्दत पुगेको बताइन्, ‘शुरुमा मैले ‘अरिङ्गाल राखेर खाने हो?’ भन्ने स्टाटस राखेँ, त्यसपछि अरिङ्गालको नयाँ व्यावसाय भन्दै पोष्ट गरेँ त्यसलगत्तै ‘फष्टाउँदै छ अरिङ्गाल व्यवसाय’ भन्दै अरिङ्गालको फोटो राखेँ। ग्राहकहरु आकर्षित भए।’
_x000D_
_x000D_
अहिले त काठमाडौँ र पोखराबाट समेत अरिङ्गालको माग बढिरहेको अनुवभ सुनाउँछिन् सृजना। तर मागअनुसार वितरण गर्न नसकेको वाध्यता पनि सँगसँगै छ।
_x000D_
_x000D_
सृजनाले दैनिक १० देखि १५ हजारसम्मको अरिङ्गालको व्यापार गर्ने गरेको दाबी गर्छिन्। ‘विशेषत अरिङ्गाल खान आउने सौखिन, चिसो लागेका र रक्तचाप कम भयो भन्नेहरु छन्’ ग्राहकबारे सृजनाको भनाइ छ ‘अरिङ्गाल भन्ने बित्तिकै धेरै डराउँथे तर यही नै व्यवसायका रुपमा आजकाल फष्टाउँदो छ। यसलाई व्यावसायिक रूपमा पाल्न सके अझै राम्रो हुँदै जाने देखिन्छ।’
_x000D_
_x000D_

_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।