काठमाडौं- कतार जानुअघि श्रम स्वीकृतिको आवेदन दिन आउँदा काभ्रेका जलन कुँवार ४ घन्टा लाइनमा बसेका थिए। रि-इन्ट्री प्रक्रियाकै लागि घन्टौंसम्म उभिनुपर्यो। तीन वर्षअघि उनले भोगेजस्तो पीडा अब वैदेशिक रोजगारमा जाने युवाले खेप्नुपर्नेछैन।
_x000D_
_x000D_
किनकि असोज १ देखि अनलाइन प्रणाली लागू भएपछि सकसपूर्ण बाध्यता हटेको छ।
_x000D_
_x000D_
'पहिलो पटक छुट्टीमा आएर फर्किने बेला ४/४ घन्टामा लाइन बसेको थिएँ। अहिले आवेदन दिएको आधा घन्टामै काम सकियो। श्रम स्वीकृति पाइयो,’ उनी खुसी हुँदै भन्छन्।
_x000D_
_x000D_
श्रम स्विकृतिका लागि अनलाइन प्रणाली लागू भएपछि ताहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालय श्रमग्राममा घन्टौं लाम लाग्नुपर्ने बाध्यता पूरै हटेको छ।
_x000D_
_x000D_
साउदी अरब जान लागेका महोत्तरीका दिनेश यादवले बिमा र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा रकम तिरेर आवेदन दिएको आधा घन्टामै श्रम स्वीकृति निस्किएको बताए। २ वर्षअघि आवेदन दिँदा ३ दिनपछि पनि श्रम स्वीकृति नपाएको पीडा सम्झिँदै उनले भने, 'अनलाइन सिस्टम लागू भएपछि झन्झटबाट मुक्ति पाइयो।'
_x000D_
_x000D_
बिहान १० बजे नै बैंकमा पैसा तिरे पनि ५ घन्टासम्म रकम तिरेको भौचर बोकेर लाइन बस्नुपर्ने अवस्थाको पनि अन्त्य भएको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
कतिपय युवाले त छिटो काम गरिदिनका लागि बिचौलियालाई घुससमेत खुवाउने गरेका थिए। चितवनका रामकुमार सेन्ताङ भन्छन्, 'पहिलो पटक श्रम स्वीकृति लिन आउँदा ५ घन्टा लाइनमा बस्दा पनि काम भएन। घुस खुवापछि मात्रै काम सकेर फर्किएँ।'
_x000D_
_x000D_
_x000D_
'विगतमा विवादित फाइल हराउने समस्या रहेछ। अहिले अनलाइनबाट सबै विवरण तुरुन्त हेर्न पाइन्छ। कुनै कामदारलाई समस्या भयो भने अनलाइनमाफतनै समाधान हुन्छ।’
_x000D_
_x000D_
_x000D_
गलत नामावली, तालिम नलिई अभिमुखीकरणको प्रमाणपत्र लिने, नक्कली बिमा जस्ता समस्यासमेत अनलाइन सिस्टमबाट हटेको छ। 'यो प्रणाली असफल पार्न केही बिचौलियासँग मिलेका केही कर्मचारीले धेरै मेहनत गरेका थिए तर सफल भएनन्,' एक कर्मचारीले भने।
_x000D_
_x000D_
श्रम कार्यालय ताहाचलका प्रमुख युवराज खतिवडाले अनलाइन प्रणाली कामदार र कर्मचारी दुवैको काममा ठूलो राहत मिलेको बताउँछन्। 'विगतमा विवादित फाइल हराउने समस्या रहेछ। अहिले अनलाइनबाट सबै विवरण तुरुन्त हेर्न पाइन्छ। कुनै कामदारलाई समस्या भयो भने अनलाइनमाफतनै समाधान हुन्छ,’ उनी भन्छन्।
_x000D_
_x000D_
श्रम स्विकृतिका लागि कामदार आफैले फाराम भर्न सकून् भनेर यो प्रणाली लागू गरिए पनि विभागको वेबसाइट कामदारमैत्री बन्न सकेको छैन। संस्थागत तर्फबाट जानेहरुको विवरण म्यानपावर कम्पनीले भरिदिए पनि व्यक्तिगत र पुनः श्रम स्वीकृतिमार्फत जान लागेकाहरुले विभागको वेबसाइटमार्फत फाराम भर्नुपर्ने हुन्छ।
_x000D_
_x000D_
वेबसाइटमा सहजै फाराम भर्ने ठाउँ देख्न नसक्ने अवस्था छ भने साइबरमा बिचौलियाले फाराम भरिदिँदा मात्रै ढुक्क हुने अवस्था नभएको एक युवाले बताए।
_x000D_
_x000D_
कसरी भर्ने फाराम?
_x000D_
वैदेशिक रोजगारीमा जाने कामदारले विभागको वेबसाइटमार्फत आफै फाराम भर्न सक्छन्। ‘युजर नेम’ र ‘पासवर्ड’ राखेपछि वैदेशिक रोजगार विभागलाई ‘युजर नेम’को जानकारी गराउनुपर्छ। ‘युजर नेम’बाट आएका विवरणलाई विभागले स्विकृति प्रदान गर्दछ।
_x000D_
_x000D_
_x000D_
साइबरमार्फत फाराम भरेको ३ सय रुपैयाँ लिन पाउने व्यवस्था छ। तर सेवाग्राहीसँग बिचौलियाले ७ सयदेखि २ हजारसम्म लिने गरेका थिए।
_x000D_
_x000D_
_x000D_
फाराम भरिसकेपछि बिमा रकम र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डलाई तिर्नुपर्ने कल्याणकारी कोषको रकम बैंकमार्फत तिरेको विवरण, स्वास्थ्य परीक्षण र अभिमुखीकरण तालिमको प्रमाणपत्र अनलाइन प्रणालीमार्फत आएपछि मात्रै श्रम स्विकृति जारी हुन्छ। कामदारले संस्थागत र व्यक्तिगत श्रम स्विकृतिबारे प्रस्ट खुलाउनुपर्छ।
_x000D_
_x000D_
बिचौलियाको अन्त्य
_x000D_
साइबरमार्फत फाराम भरेको ३ सय रुपैयाँ लिन पाउने व्यवस्था छ। तर सेवाग्राहीसँग बिचौलियाले ७ सयदेखि २ हजारसम्म लिने गरेका थिए।
_x000D_
_x000D_
वैदेशिक रोजगारीमा जाने कामदारको म्यादी बिमा भर्ने कार्यालय नै खडा गरेर बसेका बिचौलियाले सोल्टी मोडदेखि नै सेवाग्राहीको पछि लागेर ठग्ने गरेका थिए। कतिपय बिचौलियाले सबैको एकमुष्ट रकम जम्मा गरेर बिमा र कोषको रकम बैंकमा बुझाइदिने भन्दै कार्यालयका कर्मचारीसँग सेटिङ मिलाएर रकम असुल्थे।
_x000D_
_x000D_

_x000D_
_x000D_
अनलाइन प्रणाली लागू भएपछि बिचौलियाको बिगबिगी र ठगी नियन्त्रण भएको श्रम कार्यालय प्रमुख खतिवडा बताउँछन्।
_x000D_
_x000D_
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ६ वर्षको प्रयासपछि अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो।
_x000D_
_x000D_
विदेशस्थित नेपाली दूतावास, कन्सुलर सेवा विभाग, राहदानी विभाग, अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डलाई यो सिस्टमले एउटै सर्भरमा जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।