एजेन्सी– सुत्केरी भएपछिको मानसिक तनाव (पोष्टपार्टम डिप्रेसन) हुन नदिन जाडो याममा बच्चा पाउन उचित हुने एक अध्ययनले देखाएको छ।
_x000D_
_x000D_
सुत्केरी भएका १० प्रतिशत महिलामा मानसिक तनाव देखिएको अमेरिकि अनुसन्धानकर्ताहरुले बताएका छन्। हर्मोनको प्रभाव र मातृत्वको मनोविज्ञान महिलाहरुमा विकास नहुँदा सुत्केरी महिलामा पोष्टपार्टम डिप्रेसन हुने गरेको अनुसन्धानकर्ताहरुको भनाई छ। जाडो याममा पोष्टपार्टम डिप्रेसनको कारक मानिएको हर्मोन सक्रिय नहुने भएकाले मानसिक तनाव नहुने डाक्टर जोउले बताएका छन्।
_x000D_
_x000D_
उनको टोलीले २ वर्ष लगाएर २० हजार १ सय ६९ सुत्केरी महिलाहरुको अनुसन्धान गरेर यो तथ्य सार्वजनिक गरेको हो। सुत्केरी हुने क्रममा एनेस्थेसिया प्रक्रिया नपुर्याएका महिलाहरुमा मानसिक तनाव झन् बढी हुने अध्ययनको निष्कर्ष छ।
_x000D_
_x000D_
‘एनेस्थेसिया गर्दा महिलाहरुले पीडा निकै कम अनुभव गर्छन, जसले स्वस्थ बच्चा जन्माउन समेत मद्धत गर्छ र उनीहरुमा मानसिक तनाव पनि देखिँदैन,' अध्ययन प्रस्तुत गर्दै डाक्टर जोउले भने। युरोपियन मुलुका महिलाहरुमा मानसिक तनावको समस्या कम देखिएको अध्ययनले देखाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।