काठमाडौं– पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय सरकारको प्रस्ताव राखेको बताएका छन्।
यसअघि बाबुराम आफैं प्रधानमन्त्री बनाइदिनुस् भन्दै बालुवाटार पुगेको भनाइ सार्वजनिक भएसँगै भट्टराईले आफू राष्ट्रिय सरकारको प्रस्ताव लिएर बालुवाटारमा ओलीलाई भेट्न गएको बताएका हुन्।
आफूले प्रधानमन्त्री ओलीलाई भेटेर देशमा देखिएको संकट समाधानका लागि राष्ट्रिय सरकारको प्रस्ताव राखेको भट्टराईले सामाजिक सञ्जालमार्फत बताएका हुन्।
‘मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउँ भनेकै हो,’ भट्टराईले लेखेका छन्, ‘वहाँले नमानेपछि अरूलाई नभनेको हुँ। अझै पनि धारा ७६(५) बमोजिम बनाउन सकिन्छ । सोचौँ !’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।