काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाग्मती प्रदेशसभाका सदस्य तथा पार्टी केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको निधनबाट एक असल र निष्ठावान् नेता तथा दोलखाका जनताले इमान्दार जनप्रतिनिधि गुमाउनु परेको बताएका छन्।
प्रधानमन्त्री ओलीले बुधवार शोक वक्तव्य जारी गर्दै एमाले केन्द्रीय सदस्य तथा वागमती प्रदेशसभाका सदास्य चौलागाईको निधनप्रति दुःख व्यक्त गरेका छन्। विज्ञप्ति जारी गर्दै ओलीले दुःखद् घडीमा चौलागाईंप्रति श्रद्धासुमन अर्पण गर्नुका साथै शोकमा परेका परिवारजन, आफन्त र शुभेच्छुकप्रति समवेदना प्रकट गरेका छन्।
भद्र, शालीन, मिलनसार छवि बनाएका चौलागाईंले जनताप्रति समर्पित जनप्रतिनिधिको भूमिका निर्वाह गरेको ओलीले उल्लेख गरेका छन्। “एमालेको नेतृत्वमा भएको मुलुकको लोकतान्त्रिक, प्रगतिशील आन्दोलन र समृद्ध मुलुक निर्माणको अभियानमा उहाँले पु¥याउनुभएको योगदानलाई पार्टीले सधैँ स्मरण गर्नेछ”, विज्ञप्तिमा भनिएको छ। कोभिड–१९ को सङ्क्रमणका कारण नेता चौलागाईंकव् मङ्गलबार निधन भएको थियो।
चौलागाईं प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य र तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्षसमेत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।