काठमाडौं– नेपाल गुणस्तर तथा नापतौल विभागले वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको कोरोना संक्रमण देखिएसँगै अक्सिजन अभावबाट उपचारमा सहयोग होस् भन्ने उद्देश्यले विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो।
विभागले सैनिक अस्पताललाई तीन थान र बालाजु अक्सिजन उद्योगलाई एक थान अक्सिजन सिलिण्डर सहयोग गरेको हो।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नापतौल विभागको प्रयोगशालामा प्रयोग हुँदै आएको सिलिण्डर सैनिक अस्पताल र अक्सिजन उद्योगलाई सहयोग गरेको बताए।
कोरोना महामारीको समयमा जो कोहीसँग भएको अक्सिजन सिलिण्डर अस्पताललाई सहयोग गरेर संक्रमित बिरामीको उपचारमा सहयोग गर्न आग्रहसमेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।