काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न असफल भएर पदमुक्त भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्ने तयारी गरेकी छन्।
राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले संसद् सचिवालयबाट पत्र प्राप्त हुनसाथ प्रक्रिया प्रारम्भ गरिने बताए। उनले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनप्राप्त प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नसक्ने बताए।
प्रतिनिधि सभामा सोमबार भएको मतदानमा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मत लिने प्रस्ताव अस्वीकृत भएको थियो। संसद् सचिवालय स्रोतका अनुसार सभामुख अग्नि सापकोटाले सोमबार साँझ यससम्बन्धी पत्र राष्ट्रपतिलाई पठाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।