काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिएर ‘संसद् विघटन गर्ने षड्यन्त्र’ चकनाचुर पार्न चुनौती दिएका छन्। प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा जवाफ दिँदै गर्दा उनले यस्तो बताएका हुन्।
उनले भने, ‘संसद् विघटन गर्नका लागि वातावरण बनाउन लागेको त होइन भन्ने आशंका पनि व्यक्त गर्नुभयो। भन्नुभयो, विघटनका लागि त होइन? त्यस्तो आशंका हो भने त्यो षड्यन्त्र चकनाचुर पारिदिनुहोस् न भोट दिएर।’
उनले कहीँ कथंकदाचित त्यस्तो अवस्था रहेछ भने भोट दिएर ध्वस्त बनाइदिन आग्रह गरे। थपे, ‘खर्ल्यामखुर्लुम भोट हाल्दिउँ। ल त कसले गर्दो रहेछ विघटन?’
उनले परिस्थिति आफूले पनि आकलन गरेको बताउँदै सबै जानकारी रहेको उल्लेख गरे। उनले कसको उपस्थिति छ र छैन भन्ने पनि आफूलाई अवगत भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।