काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई साताका लागि पार्टी प्रवक्ताको जिम्मेवारीबाट बिदा लिएका छन्।
कोरोना संक्रमणपछि होम आइसोलेसनमा रहेका प्रवक्ता शर्माले स्वस्थ भएर छिट्टै मैदानमा फर्कने बताएका छन्।
शर्माले अस्वस्थताका कारण प्रवक्ताको सक्रिय जिम्मेवारीबाट टाढा रहनुपरेकोमा क्षमा याचना गर्दै स्वास्थ्यलाभको कामना गर्ने शुभेच्छुकमा धन्यवाद दिएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा मंगलबार शर्माले लेखेका छन्,‘‘अस्वस्थताका कारण दुइ साताका लागि प्रवक्ताको सक्रिय जिम्मेवारीबाट बिदा लिएको छु। मिडिया, पार्टी र शुभचिन्तकहरुसँग क्षमा चाहन्छु। चांडैनै पुर्ण स्वस्थ भएर पुर्ण जांगर साथ मैदानमा फर्किनेछु l विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने सबै मित्रप्रति हृदयले आभारी छु l धन्यवाद !'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।