काठमाडौं– नेपाली कांग्रेसले गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका सांसद हराएको घटनालाई 'सत्ता संरक्षित गुण्डागर्दी'को संज्ञा दिएको छ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशमा सरकार संरक्षित गुण्डागर्दी भएको आरोप लगाएका हुन्।
अविश्वासको प्रस्ताव माथि मतदान हुने दिन जनमोर्चा सांसद सम्पर्कविहीन भएका थिए। प्रधानमन्त्रीलाई मेन्सन गर्दै शर्माले जनमोर्चा सांसद खिमबिक्रम शाहीको कोरोनाको रिपोर्ट हेर्न समेत आग्रह गरेका छन्।
‘स्वस्थ, तन्दुरुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आइसीयुमा कसैलाई भेट्न नदिएर किन राखिएको छ?’ शर्माले प्रधानमन्त्रीलाई प्रश्न गरे,‘उपचारका नाममा बन्दी? अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी?
शाही सम्पर्कविहिन भएपछि प्रदेश सभा अनिश्चितकालका लागि रोकिएको छ। विपक्षी दलले दर्ता गरेको अविश्वासको प्रस्तावमा बुधबार मतदान हुने कार्यसूची थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।