काठमाडाैं- नेकपा (एमाले)को माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘अन्तिम चेतावनीयुक्त’ स्पष्टीकरण सोधेपछि आकस्मिक भेला बोलाएको छ।
काठमाडौंमा उपलब्ध सांसदहरूको भेला अहिले नयाँ बानेश्वरस्थित एक होटलमा सुरु भएको छ। ‘स्पष्टीकरण प्रकरणपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न आकस्मिक भेला बोलाइएको हो’, नेपालनिकट केन्द्रीय सदस्य मेटमणि चाैधरीले भने।
सोमबार बालुवाटारमा बसेको अध्यक्ष ओली पक्षधर एमालेको केन्द्रीय कमिटी बैठकल नेता नेपालसहित ३२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। सोहीअनुसार मंगलबार उनीहरुलाई स्पष्टीकरण पेस गर्न पत्र पठाइएको थियो।
नेपाललाई दुई दिनभित्र र अरु नेताहरूलाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।