काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद्हरुलाई स्पष्टीकरणको तयारी गरेका छन्। स्पष्टीकरण सोधिनेमा प्रतिनिधि सभाका २७ र कर्णाली प्रदेश सभाका ५ सदस्य छन्।
उनीहरुलाई दुई दिने स्पष्टीकरण सोध्न लागिएको हो। सोमबार बालुवाटारमा बसेको एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। माधव पक्षका गतिविधि कारबाहीयोग्य भएको ओलीले बैठकमा गरेको सम्बोधनमा भनेका थिए।
'पार्टी हितविरुद्ध गतिविधि गरेकाले तपाईंलाई किन कारबाही नगर्ने भन्दै दुई दिनको स्पष्टीकरण सोधिँदै छ। आजै पत्र पठाउने तयारीमा लागेका छौं। दुई दिनभित्र जवाफ नआए वा चित्त बुझ्दो जवाफ प्राप्त नभए कारबाही हुन्छ', एमाले सचेतक विशाल भट्टराईले नेपाल लाइभसँग भने।
एमाले ब्युँतिएपछि माधव नेपाल पक्षले समानान्तर गतिविधि अघि बढाइरहेको छ। गत शुक्रबार कर्णाली प्रदेशमा भएको विश्वासको प्रस्तावमाथिको मतदानका क्रममा एमालेका ४ प्रदेश सभा सदस्यहरुले फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मतदान गरेका थिए।
को–को छन् कारबाही सूचीमा?
१. माधवकुमार नेपाल
२. भीम रावल
३. सुरेन्द्र पाण्डे
४. घनश्याम भुसाल
५. पवित्रा निरौला
६. झपट रावल
७. मेटमणि चौधरी
८. यज्ञराज सुनुवार
९. जीवनराम श्रेष्ठ
१०. झलनाथ खनाल
११. विरोध खतिवडा
१२. सोमप्रसाद पाण्डे
१३. भवानी खापुङ
१४. नारायण खतिवडा
१५. जयकुमार राई
१६. गणेश पहाडी
१७. दिपकप्रकाश भट्ट
१८. योगेश कुमार भट्टराई
१९. हिराचन्द्र केसी
२०. पुष्पाकुमारी कर्ण कायस्थ
२१. कल्याणी खड्का
२२. लक्ष्मीकुमारी चौधरी
२३. सरला कुमारी यादव
२४. कृष्णलाल. महर्जन
२५. नीरादेवी जैरु
२६. मुकुन्द नेउपाने
२७. रामकुमारी झाँक्री
कर्णाली प्रदेशका सांसदहरु
१. प्रकाश ज्वाला
२. नन्दसिंह बुढा
३. कुर्मराज शाही
४. अम्बरबहादुर थापा
५. देवी ओली
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।