काठमाडाैं–कोरोना भाइसरविरुद्ध लड्लका लागि तत्काल कार्ययोजना बनाउन नेपाली कांग्रेसले माग गरेको छ।
सोमाबार सम्पन्न केन्द्रीय समितिको बैठकले कोरोना महामारीको बढ्दो प्रतिकूलतालाई दृष्टिगत गरी अविलम्व विशेष कार्ययोजना निर्माण गर्न र त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारसँग माग गरेको हो।
विश्व बजारमा उपलब्ध भ्याक्सिन पर्याप्त रुपमा आयात गरी आयात गरी सबै नागरिकलाई भ्याक्सिन उपलब्ध गराउनका लागि आवश्यक कदम चाल्नसमेत कांग्रेसले माग गरेको छ।
साथै, कोरोनाबाट जोगिन सर्तकताका साथ सुरक्षाका रणनीति अनिवार्य रुपले पालना गर्न आम जनतालाई अपिल गर्ने निर्णयसमेत बैठकले गरेको छ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा सम्पन्न बैठकले सरकारले अप्रत्याशित रुपमा गरेको प्रतिनिधि सभाको अधिवेशन अन्त्यको विषयलाई समेत गम्भीरतापूर्वक लिएको छ।
वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कयौं महत्त्वपूर्ण विषय हुँदाहुँदै संसदबाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धतिको वर्खिलाप रहेको ठहर बैठकले गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।