काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सक्रिय सदस्यता वितरण गर्ने म्याद अन्तिम पटकको लागि थप गर्ने निर्णय गरेकाे छ।
साेमबार अध्यक्ष कमल थापाको अध्यक्षता बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले सक्रिय सदस्यता वितरण गर्ने म्याद अन्तिम पटकको लागि वैशाख मसान्तसम्म ताेकेकाे हाे।
यस्तै, बैठकले जिल्ला तहसम्मको अधिवेशन वैशाख मसान्तसम्म गर्ने भएकाे छ। यता, प्रदेश कार्य समितिको निर्वाचन २०७८ जेठ ७ गतेसम्म गरिने भएकाे छ।
महाधिवेशन प्रतिनिधि निर्वाचन जेठ १० गतेसम्म गरिने बैठकले निर्णय गरेकाे छ। यता, केन्द्रीय महाधिवेशन जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौंमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।