काठमाडाैं- नेकपा (एमाले)का नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूले नेतृत्व गर्दा काम गर्न नसकेकाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गरेको टिप्पणी गरेका छन्। आइतबार अबेर राति ट्विटरमा उनले यस्तो टिप्पणी गरेका हुन्।
पोखरेलले ओलीको विरोध गर्नेहरू नेतृत्वमा हुँदा के काम गरे भन्नेबारे उनीहरूले मात्र भन्न सक्ने उल्लेख गरेका छन्। उनले ओलीको नेतृत्वमा भएका कामबारे भने भन्नै नपर्ने टिप्पणीसमेत गरेका छन्।
'आफ्नो नेतृत्वमा के भयो भनेर आफैले मात्र भन्न सक्नेले प्रमको विरोध गर्दैछन्', पोखरलले ट्विट गरेका छन्, 'तर, प्रम ओलीको नेतृत्वको काम आफै देखिन्छ,भन्नै पर्दैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।