काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्ट असफल साबित भएको भन्दै सत्ता,स्वार्थ र भागबन्डाको लुछाचुढिका कारण मुलुक अस्थिरताको दलदलमा फसेको बताएका छन्।
राप्रपा काठमाडौं महानगर समितीद्वारा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले संबैधानिक अंगका प्रमुखहरुमाथि नै गम्भीर आरोप -प्रत्यारोप हुनु ,एकले अर्कोलाई हिलो छ्यापाछ्याप गर्नुले अहिलेको राज्य ब्यवस्था माथि प्रश्न चिन्ह खडा भएको बताए।
गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताको बाटोबाट मुलुकलाई समृद्धिको बाटोतर्फ लैजान नसकिने भन्दै त्रुटिपूर्ण मार्गचित्र परिबर्तन गर्नको निमित्त गम्भीरता पुर्वक चिन्तनमनन हुनुपर्नेमा उनकाे जोड थियो।
अहिले मुलुकको ठूलो समस्या भनेको भ्रष्टाचार, बेरोजगारी, कुशासन र सर्बसत्ताबाद भएको भन्दै थापाले यसको निमित्त लड्न सक्ने बैकल्पिक शक्ति मुलुकले खोजिरहेको समेत बताए।
बिदेशीबाट पालित पोसित भनी आरोप लगाउने, अनि त्यही ब्यक्तिको सरकारलाई समर्थन गरिरहने उदेकलाग्दो राजनीति अहिले मुलुकमा भएको भन्दै थापाले गणतन्त्रका सम्बाहक शक्तिले नै गणतन्त्रलाई गाईजात्रे ब्यवस्थामा रुपान्तरण गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।