काठमाडाैं–प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा पेश गर्नै पर्ने एसिड आक्रमणदेखि बलात्कारसम्मका अध्यादेश पेश गर्न नदिएर अचम्मको अवस्था सिर्जना गरेको दावी गरेका छन्।
संविधानको व्यवस्थाको दावी गर्दै पहिलो बैठकमा पेश हुनुपर्ने उक्त अध्यादेश संसदमा लगेपछि पेश हुन नदिएको आरोप उनले लगाए।
‘बलात्कार, एसिड आक्रमण जस्ता कानुन ल्यायौं,’ उनले भने, ‘संविधानले भनेको पहिलो दिन पेश गर्नुपर्ने अध्यादेश पेश गर्न नदिएर अचम्मको अवस्था सिर्जना गरियो।’ एमसिसी सम्झौता संसदमा टेवल गरे पनि निर्णयार्थ पेश गर्ने काम नभएको उनकाे भनाइ छ।
मुद्दा लडेर ल्याएको संसदमा किन यस्तो गरियो भनी विपक्षी र अन्य दलहमाथि उनलेआरोप लगाए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।