काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसीलाई संसद्मा निर्णयार्थ प्रस्तुत नगरेकोमा अस्तुष्टि जनाएका छन्।
बुधबार देशबासीका नाममा सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र माओवादी सरकारमा हुँदा एमसिसी सम्झौता गरिएको भए पनि आफूहरुले निर्णयार्थ संसद्मा पेश गरेको बताए।
‘त्यो निर्णयार्थ हामीले संसद्मा टेबल गरेका छौं। तर निर्णयार्थ पेश गरिएको छैन। हामी त्यसको माग गरिरहेका छौं’, उनले भने।
प्रधानमन्त्री ओलीले सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संवैधानिक अधिकार कसैसँग नहुने बताए।
‘गर्नैपर्छ, तर संविधान नै नमान्ने, जिद्दी गर्ने प्रवृत्ति हामी झेलिरहेका छौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।