काठमाडौं–नेकपा एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अध्यक्ष केपी शर्मा ओली पक्षले गरेको कारबाहीको विषयमा छलफल हुने बताइएको छ।
कलंकीस्थित एक बैंक्वेटमा बस्ने बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे तथा घनश्याम भुसाललाई कारबाही गरेपछिको अवस्था तथा आगामी रणनीतिबारे छलफल हुने उक्त समूहका एक नेताले बताए।
पार्टीले साेधेकाे स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नआएको भन्दै अध्यक्ष ओलीले उनीहरुलाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गरेका हुन्।
बैठकमा सबै जिल्ला तथा जनवर्गीय संगठनमा समानान्तर कमिटीलाई अगाडि बढाउने विषयमा समेत छलफल हुने बताइएको छ।
यो समूहले अखिल नेपाल महिला संघ (अनेमसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ नेपालका साथै विभिन्न जिल्ला तहमा पनि समानान्तर कमिटी बनाइ सकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।