काठमाडाैं- पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन भएको छ। विगत एक महिनादेखि पाटन अस्पतालमा फाेक्साेकाे उपचार गराइरहेका नेता मानन्धरको ९१ वर्षको उमेरमा सोमबार साँझ ८ः२० मा निधन भएकाे माओवादी केन्द्रका नेता अनिस साहले जानकारी दिएका हुन्।
उनी राणा विरोधी आन्दोलनदेखि नै देश र जनताको पक्षमा लागेका थिए। मानन्धर नेपालको वामपन्थी आन्दोलनका एक सादगी र इमान्दार नेताका रुपमा परिचित छन्।
उनले २६ वर्ष नेकपा (संयुक्त)को महासचिव भएर पार्टीको नेतृत्वसमेत गरेका थिए। २०६४ सालमा उनले सक्रिय राजनीतिबाट सन्यास लिएका थिए। त्यसपछि गणेश शाहले नेकपा (संयुक्त)को नेतृत्व गर्दै आएका थिए।
२०७४ साल असोज २५ गते नेकपा (संयुक्त) र माओवादीबीच एकता भएको थियो। उनको छोरा सुनिल मानन्धर माओवादी केन्द्रका नेता हुन्। यस्तै उनको तीन छोरी छन्। दिवङ्गत मानन्धरको मंगलबार अन्तिम दाहसंस्कार गरिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।