• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ २६, २०८३ Tue, Jun 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

के गर्लान् माधव नेपाल ? यी हुन् बाँकी विकल्प

64x64
नेपाल लाइभ सोमबार, चैत १६, २०७७  २०:४१
1140x725

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीकै वरिष्ठ नेता माधवकुमार नेपाललाई कारबाही गरेका छन्। नेता नेपाललाई पठाइएको पत्रमा दशौं महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारी तथा पार्टी सदस्यताबाटै हाललाई ६ (छ) महिनाको लागि निलम्बन गरिएको उल्लेख छ।

सर्वोच्च अदालतले एमाले ब्युँताएपछि बडो अप्ठ्यारो महसुस गरिरहेको बताएका नेता नेपाललाई ओलीले झनै अप्ठ्यारो थपिदिएका छन्। गत शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा नेपालले भनेका थिए- 'पार्टीभिको कुरा डबलीमा आएर भन्यो भन्ने अर्को आरोप लाग्ला। कुन दिन मलाई त्यहाँबाट पनि घोक्र्याएर निकालिदिने स्थिति बन्ला।' 

दुई दिनपछि उनको आकलन पूरा भएको छ।

यसअघि आफूले उठाएका मुद्दाका कारण नेपाल राजनीतिक रुपमा केही बलिया देखिएका थिए। तर, समयमै कठोर र रणनीतिक निर्णय नगरेका कारण उनीसँग प्राप्त अवसरहरू गुम्दै गएका थिए। दिन बित्दै जाँदा सोमबारको कारबाहीपछि त उनीसँग उपलब्ध विकल्पहरु पनि सीमित देखिन्छन्। के हुनसक्छन्, नेता नेपालका अबका कदमहरू?

व्यवहार 'सुधार'
सोमबार नेपाललाई कारबाही गरिएको पत्रमा भनिएको छ- 'आफ्ना विचार र क्रियाकलापहरू सच्याइ पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारबाही गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ।'

नेता नेपालले ६ महिनासम्म चुपचाप लाग्ने र ओलीलाई नचिढ्याउने विकल्प प्रयोग गर्न सक्छन्। जसले उनलाई चाँडै निलम्बनमुक्त गराउन सक्छ। तर, यो विकल्प नेता नेपालले अपनाउने सम्भावना भने न्यून छ। उनले ओलीको निर्णय नै अस्वीकार गरेको सार्वजनिक प्रतिक्रिया दिइसकेका छन्।

अर्कोतिर ओलीले नेता नेपालमाथि 'दया' गरेर निलम्बनमुक्त गर्ने सम्भावना पनि देखिँदैन। उनी नेकपाकालमा आफूलाई पारिएको अप्ठ्यारोको प्रतिशोध लिइरहेका छन्। र, माधव नेपालमाथि कारबाही नगर्ने हो भने थप अप्ठ्यारो निम्त्याउन सक्ने बुझेरै अघि बढेका हुन्।

आफ्ना नेतामार्फत् पार्टीमा कुरा उठाउने
माधव नेपाल पक्षमा रहेका भीम रावललाई पनि उनीसँगै कारबाही गरिएको छ। पुनः स्पष्टीकरण सोधिएका घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि अन्तिममा निलम्बन नै गरिनसक्ने सम्भावना छ। उनी पक्षका बाँकी नेताहरूलाई प्रयोग गरेर नेपालले पार्टीमा आफ्ना कुरा उठाउन सक्नेछन्। ओली विधि र विधान विपरीत अघि बढेको आरोप नेपालको छ। त्यसलाई थप घनिभूत रुपमा उठाउन लगाउन सक्छन्।

nimb
nimb
Ncell 2
Ncell 2

तर, यो विकल्प पनि खासै भरपर्दो देखिएको छैन। ओली पक्षले नेताहरूसँग व्यक्तिगत कुरा गर्ने र आफ्नो पक्षमा ल्याउने अनेक प्रयत्न गरिरहेको अवस्था छ। ओली पक्षमा नलागे सांसद् पद गुम्ने र पार्टी सदस्यबाट पनि निलम्बन हुने स्थिति आउन सक्ने सम्भावना छ। छलफल हुने र त्यहाँबाट निस्कने निष्कर्ष भन्दा पनि ओलीले जे भन्यो त्यही हुने स्थितिमा अन्य नेताले कडा कुरा उठाउने सम्भावना न्यून छ।

समानान्तर गतिविधि अघि बढाउने
पार्टी नेतृत्वसँगको संघर्षले निरीह भएको भए पनि नेपालको पक्षमा खुलेका नेता तथा कार्यकर्ताको संख्या उल्लेख्य छ। गत चैत ४ र ५ गते उनले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा उपस्थितको संख्याले पनि कार्यकर्ता तहमा उनको लोकप्रियता मापन गर्न सकिन्छ।

कारबाही भोगेको यस अवधिमा नेता नेपालले आफ्ना पक्षमा रहेका कार्यकर्तालाई एकीकृत गरेर अघि बढ्न सक्छन्। जसलाई उनले संगठित गर्दै समानान्तर गतिविधि अघि बढाउन सक्छन्। आफ्नो पक्षका कार्यकर्तालाई एकीकृत राख्ने यो भरपर्दो उपाय हुनसक्छ।

तर, यो विकल्पका लागि कार्यकर्ताको त्याग पाउन कठिन छ। केही दिनअघि र अहिलेको स्थिति फरक छ। पक्षधरताको सवालमा चुप लागेर प्राप्त अवसरमा कायमै रहन छाडेर नेता नेपालको पछि लागेर कारबाही व्यहोर्ने र अनेक कठिनाइ भोग्ने सामर्थ्य र उदात्त भाव ठूलो पंक्तिसँग छैन। 

पार्टी विभाजन
माधव नेपालसँग उपलब्ध कठोर विकल्प पार्टी विभाजन हो। नेपालले आफूलाई साथ दिन जति नेता तथा कार्यकर्ता तयार हुन्छन्, उनीहरूको साथ लिएर पार्टी विभाजन गर्न सक्छन्।

विभाजनपछिको स्थिति अहिल्यै आकलन गर्न मुस्किल छ। ठूलो संख्याका कार्यकर्ता र नेतृत्व तहका नेताहरू उनीतिर आए भने उनलाई सोही पार्टीलाई अघि बढाउने आँट आउन पनि सक्छ। तर, जनतालाई उक्त पार्टीले कसरी आकर्षित गर्छ भन्ने कुरासँग उसको अस्तित्वको निरन्तरता भर पर्छ। सानोतिनो कम्युनिस्ट 'दोकान' भने नेपाली राजनीतिमा सधैं कायम रहनसक्छ।

विभाजनपछि तत्कालीन नेकपामा रहेको पुष्पकलम दाहाल 'प्रचण्ड'-माधव नेपालको जुन समूह थियो, त्यही कायम रहनेगरी एउटा प्रगतिशील कम्युनिस्ट पार्टी बनाउने सम्भावना छ। तर, उसको मुद्दा र जनतालाई आकर्षित गर्ने कुराले नै बाँकी कुरा निर्धारण हुने छ। सबैभन्दा मुख्य कुराचाहिँ, लाभ र अवसर छाडेर यस्ता कठिन बाटोमा हिँड्न तयार हुने समूह भने तयार गर्न मुस्किल छ।

सम्बन्धित समाचार :

निलम्बनपछि भीम रावलको प्रतिक्रिया : निरंकुश र स्वेच्छाचारी कुकृत्य

एमाले नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसालाई पुनः स्पष्टीकरण सोधिने

६ महिना निलम्बन गर्दै रावललाई पठाइएको पत्रमा के छ?

यस्तो छ माधव नेपाललाई कारबाही गरिएको पत्रको व्यहोरा

माधव नेपालको टिप्पणी- निलम्बनको अर्थ छैन, केपी ओलीलाई त्यसो गर्ने अधिकार नै छैन

माधव नेपाल र भीम रावलमाथि कारबाही, ६ महिनाका लागि सदस्यबाट निलम्बन

प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  २०:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनसेलका ग्राहकले अल्टिमा ग्याजेटमा ६०% सम्म छुट पाउने भएका छन्
करेन्ट चाउचाउबारे यशोधा फुड्सको स्पष्टिकरण : एक निश्चित ब्याचबाहेक सबै उत्पादन खान योग्य
विपक्षीको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित
सम्बन्धित सामग्री
महावीर पुन मन्त्री बन्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पुनलाई मन्त्री नियुक्त गर्न लागेका हुन्। मंगलबार, जेठ २६, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा व्यक्त गरेको 'नेपालले पनि भारतको सीमा मिचेको छ' भन्ने अभिव्यक्ति संसद्... मंगलबार, जेठ २६, २०८३
कांग्रेसले संसदमा किन गर्‍यो पाँच मिनेट माैनधारण ? सभामुखको अनुमति र कार्यसूची बिना नै बैठकमा मौनधारण गरिएपछि सभामुख डीपी अर्यालले त्यसप्रति गम्भीर आपत्ति जनाएका छन्। मंगलबार, जेठ २६, २०८३
ताजा समाचारसबै
एनसेलका ग्राहकले अल्टिमा ग्याजेटमा ६०% सम्म छुट पाउने भएका छन् मंगलबार, जेठ २६, २०८३
करेन्ट चाउचाउबारे यशोधा फुड्सको स्पष्टिकरण : एक निश्चित ब्याचबाहेक सबै उत्पादन खान योग्य मंगलबार, जेठ २६, २०८३
विपक्षीको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित मंगलबार, जेठ २६, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
यि हुन् मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू मंगलबार, जेठ २६, २०८३
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन् सोमबार, जेठ २५, २०८३
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित] सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्