काठमाडौं- निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाममा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमा खारेज गरेको छ।
मंगलबार बसेको आयोगको पदाधिकारी बैठकले नेकपा खारेज गर्दै ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काएको हो।
सर्वाेच्चको फैसला अनुसार आयोगले नेकपालाई खारेज गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल लाइभलाई बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।