काठमाडाैं–माओवादी केन्द्रका नेता जनार्दन शर्माले नेतृत्वको वरिपरि आलोचनात्मक चेत हराएकाहरुको बाहुल्य बढ्दै जाँदा वर्तमान समस्या आएको बताएका छन्।
सर्वोच्चले एमाले र माओवादी केन्द्रलाई अलग–अलग बनाइदिएपछि प्रतिक्रिया जनाउँदै नेता शर्मा लेख्छन्,‘सत्ता स्वार्थ व्यक्तिगत फाइदाको गलत मार्गमा नेतृत्व लाग्नु बाट राजनैतिक मूल्य र आदर्श स्खलित हुन पुग्यो।’परिवर्तनको मर्म अनुरुप राज्यका संरचनाहरुको पुनर्संरचना लोकतन्त्रको सुदृढीकरण गर्ने कार्य नभएको उनले सामाजिक सञ्जालमा लेखेका छन्।
हामीले प्राप्त गरेको उपलब्धि समावेशी लोकतन्त्रको कार्यान्वयनको प्रारम्भमा नै संकट उत्पन्न भएको उनले जनाए। राजनीति कमजोर हुनुको कारण लोकतान्त्रिक मुल्य, राष्ट्रिय भावना र जनउत्तरदायित्वबाट विचलित राजनीति र नेतृत्व केन्द्रमा भेटिएको उनले उल्लेख गरेका छन्।
लोकतान्त्रिक मुल्यमा आधारित पारदर्शी जीवन व्यवहार, राष्ट्रवादी भावना र जनताप्रतिको उत्तरदायित्वपुर्ण आचरणमा प्रतिबद्ध हुनुपर्ने उनको जिकिर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।