काठमाडाैं- प्रतिनिधि सभा बैठक अघि बस्ने प्रचलन रहेको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने/नबस्ने अझै टुंगो लागेको छैन।
सभामुख अग्निप्रसाद सापकोटाले हालसम्म बैठकका लागि समय निर्धारण नगरेको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन्। उनले भनिन्,‘कार्यव्यवस्था परामर्श समितिको बैठक सभामुखले बोलाउनु भएको छैन्। हालसम्म खबर नगरिएपछि आज नबस्ने होला।’
सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेबारे टुंगो नलागेको बताए।
संसदको कार्यसूची तय गर्न सभामुखले आवश्यकता देखेमा कार्यव्यवस्था समितिको बैठक बोलाउने संसद नियमावलीमा प्रावधान छ।
सभामुखले आवश्यकता अनुसारका कार्यव्यवस्था समितिमा रहेका सदस्यमध्येबाट बोलाउन सक्छन्। नियमावली अनुसार कार्यव्यवस्था समितिमा १७ जना हुने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।