काठमाडौं- नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’- माधवकुमार नेपाल पक्षले संसदीय दलको नेता प्रचण्डलाई बनाएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्विकार गरेको छ।
संसद सचिवालयका महासचिव भरतराज गौतमले कानुनी परामर्श लिएपछि मात्रै अघि बढ्ने बताएका छन्। प्रचण्ड-माधव पक्षको पत्र महासचिव गाैतमले लिएर राखेपनि दर्ताको प्रक्रिया बढाएका छैनन्।
पत्र ग्रहण गरेका महासचिव गाैतमले दर्ता पक्रिया बुझेपछि मात्रै जवाफ दिने् बताएका छन्। प्रचण्ड-माधव पक्षका बहुमत सांसदसहित दलको नेता प्रचण्ड भएको जानकारी गराउन सचिवालयमा पुगेका थिए।
प्रचण्डलाई दलको नेता गत शुक्रबार भएको प्रचण्ड-माधव पक्षको दलको बैठकले निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।