काठमाडौं- नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आइतबार अविश्वास प्रस्ताव दर्ता नगर्ने भएको छ।
प्रधानमन्त्रीलाई नैतिकताका आधारमा राजीनामा दिने अवसर दिइने भएकाले आइतबार अविश्वास प्रस्ताव अघि नबढ्ने सांसद रामकुमारी झाँक्रीले बताइन्।
संसद अधिवेशन सुरु हुँदै गर्दा नेकपाको प्रचण्ड-माधव पक्ष र कांग्रेसबीच प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा सघन छलफल भएको थियो। तर, छलफल निष्कर्षमा नपुगेकाले आजै अविश्वासकाे प्रस्ताव दर्ता नगरिने नेताहरूको भनाइ छ।
अविश्वास प्रस्ताव अघि बढाउने विषयमा नेपाली कांग्रेसदेखि जनता समाजवादी पार्टी (जसपा) लगायत पार्टीसँग थप परामर्श गरिने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।