काठमाडौं- नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’- माधवकुमार नेपाल पक्ष दलको नेतामा प्रचण्ड भएको जानकारी गराउन संसद सचिवालय पुगेको छ।
बहुमत सांसदबाट दलको नेतामा प्रचण्ड चुनिएको जानकारी गराउन आइतबार संसद सचिवालयमा पुगेका हुन। बहुमत सांसदसहित प्रचण्ड-माधव लगायत नेताहरु संसद सचिवालयमा आएको महासचिव भरतराज गौतमले बताए।
शुक्रबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।