काठमाडाैं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताएका छन्।
प्रेस संगठन ताप्लेजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा भट्टराईले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने बताए।
एकताको सम्भावना जीवित रहेको बताउँदै उनले सबै संगठन एकताको पक्षमा रहेको र छलफल जारी रहेको चर्चा गरे।
एकताका लागि पहिलो सूत्र भनेकै त्याग भएकोमा जोड दिँदै उनले नेकपा एकताका लागि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने बताए।
दाहाल– नेपालले पनि प्रधानमन्त्री बन्नेतिर नलागेर दोस्रो पुस्तालाई नेतृत्व दिए पार्टी एकता हुन सक्ने उनको दाबी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।