काठमाडाैं– संसद सचिवालयले फागुन २३ गते बस्ने प्रतिनिधि सभाको हिउँदे अधिवेशनमा उपस्थित हुन सबै सांसदलाई आग्रह गरेकाे छ।
सचिवालले एक विज्ञप्ति जारी गर्दै २३ गते आइतबार ४ बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा उपस्थित भइदिन आग्रह गरेकाे हाे।
यसअघि पुस १७ गतेलाई अधिवेशन तय भएको थियो। तर मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले फागुन २३ गते अधिवेशन आह्वान गरेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मै प्रतिनिधी सभा विघटन सिफारिस गरेका थिए।
सर्वोच्चले विघटन बदर गर्दै १३ दिनभित्र अधिवेशन आह्वान गर्न परमादेश दिएको थियो। सर्वोच्चको आदेशअनुसार अधिवेशन बोलाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।