काठमाडाैं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेता हरिबहादुर बस्नेतको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति गठन गरेको छ।
त्रयअध्यक्षद्वारा आसन्न केन्द्रीय महाधिवेशन प्रयोजनका लागि पार्टीको अन्तरिम विधान अनुसार केन्द्रीय निर्वाचन समिति गठन गरिएकाे हाे।
समितिमा सह-संयोजक तोरण बहादुर गुरुङ, सचिव प्रा.डा.गीताभक्त जोशी, सह-सचिव झनक प्याकुरेल र सदस्यमा रोशन कार्की, राजु बस्नेत, श्यामबहादुर शाही, कैयाँ चौधरी, पुष्कर अधिकारी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।