काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस-कम्युनिस्टको असफलताका कारण देशमा विदेशी प्रभाव र चलखेल बढेको बताएका छन्।
आज काठमाडौंमा पार्टीको भ्रातृ संगठन युवा संगठनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुकको राष्ट्रियता र स्वाभिमान बलियो बनाउनका लागि राष्ट्रवादी आन्दोलनको आवश्यकतामा भएको बताए।
राजसंस्था हटाएपछि प्रजातन्त्र बलियो हुन्छ भन्ने सोचाई गलत भएको पुष्टि भएको भन्दै थापाले राजसंस्था र हिन्दूत्व समृद्धिको बाधक नभएको जिकिर गरे। राजसंस्थाको अन्त्य गरेपछि प्रजातन्त्रको निमित्त कहिल्यै लड्पर्दैन भन्नेहरुनै आज प्रजातन्त्र संकटमा पर्यो, प्रजातन्त्रको हत्या भयो भन्दै सडकमा आएको थापाले टिप्पणी गरे।
युवाहरुको सुनिश्चित भविश्यका लागि नयाँ पुस्ता जुर्मुराएर आन्दोलित हुनुपर्ने उनकाे भनाइ छ। कार्यक्रममा बोल्दै अर्का अध्यक्ष पशुपतिशमशेर राणाले मुलुकको संकट समाधानका लागि राजसंस्था र हिन्दूराष्ट्र अपरिहार्य भएको बताए।
बेरोजगारी ,भ्रष्टाचार र विकृति अन्त्य गर्न नयाँ पुस्ताले राप्रपालाई रोज्नुपर्नेमा भनाइ छ। उनले राष्ट्रियता बलियो बनाउन र प्रजातान्त्रिक मूल्य-मान्यता जोगाउन युवा पुस्ताले खबरदारी गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।