काठमाडौं– नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार आएको नर्भिक अस्पतालले जनाएको छ। भेन्टिलेटरमा उपचाररत जोशीको शनिबार बिहानदेखि स्वास्थ्य अवस्थामा सुधारका संकेत देखिएका हुन्।
अस्पतालका अनुसार नर्भिक पुगेदेखि नै वेहोश रहेका उनले शनिबार बिहानदेखि दायाँ हातखुट्टा अलि-अलि चलाउन थालेका छन्।
चिकित्सकले बोलाउँदा उक्त हात खुट्टाका माध्यमबाट सङ्केत गर्न थालेको हुन्। अवस्था सुधारोन्मुख भएपनि उनलाई जोखिममुक्त भन्न नसकिने चिकित्सकको भनाई छ।
पूर्वमन्त्री समेत रहेका जोशीलाई बिहीबार राति मस्तिष्कघात भएको हो। शरीरको देब्रेपट्टी समया देखिएपछि उनलाई राति नै वीर अस्पताल लगिएको थियो। वीर अस्पतालमा लगिदै गर्दा उनी बोल्न सक्ने अवस्थामै थिए।
वीर अस्पतालमा सिटी स्क्यान गर्दा मस्तिष्कमा रगत जमेको पाइएको न्युरो सर्जन डाक्टर राजीव झाले बताएका थिए।
मस्तिष्कमा रगत जमेको पाइएपछि नेता जोशीलाई वीरबाट राति २ बजेर ४० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।