काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदातले संविधानमाथिको घातलाई सच्याउने बताएका छन्।
मंगलबार २० औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै उनले संसद् पुनर्स्थापित हुने बताए।
‘अहिले केपी ओलीको सरकारले संविधानको मूल मर्म र भावनामाथि प्रहार गरेको छ। देशभरीका जनता प्रतिनिधि सभा विघटन गलत छ भन्नेमा खडा भइसकेका छन्। साथै देशका तमाम बुद्धिजीवी, साहित्यकार, कवि कलाकार, पत्रकार, संविधान र कानुनविद्हरु सबै यो विघटन विरुद्ध छन्,’ उनले भने, ‘मलाई विश्वास छ, भोलि पर्सि वा निपर्सिसम्म सर्वोच्च अदालतले यो संविधानमाथि गरिएको घातलाई सच्याउने छ।’
प्रचण्डले अहिले देश दुर्घटनामा जाने हो कि भन्ने खतरा पैदा भएको बताए। उनले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई धरापमा पारिएको बताए।
उनले जनयुद्ध हिंसा मात्रै नभएर त्यसको राजनीतिक उद्देश्य पनि रहेको चर्चा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।