काठमाडौं- प्रतिनिधि सभा विघटन मुद्दामा भइरहेको बहस र सुनुवाइमा संवैधानिक इजलासकी सदस्य न्यायाधीश सपना प्रधान मल्लले प्रधानमन्त्रीको विशेषाधिकारमा प्रतिनिधि सभा विघटन पर्ने वा नपर्ने भनी प्रश्न गरेकी छन्।
संवैधानिक इजलासमा भइरहेको सुनुवाइका क्रममा रिट निवेदक देव गुरुङका तर्फबाट बहस गर्दै गरेका अधिवक्ता मेघराज गुरुङलाई न्यायाधीश मल्लले यस्तो प्रश्न उठाएकी हुन्।
'प्रधानमन्त्रीले सर्वोच्चमा जवाफ पठाउँदै प्रतिनिधि सभा विघटन आफ्नो विशेषाधिकार भन्नु भएको छ। त्यसबारे तपाईंको धारणामा केन्द्रित भएर बहस गर्नुहोस्,' न्यायाधीश मल्लले अधिवक्ता गुरुङलाई भनेकी थिइन्।
उनले संविधानको धारा ७६ को उपधारा १ अनुसार बनेको प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न गर्न सक्छ कि सक्दैन भनी प्रश्न गरेकी थिइन्।
सर्वोच्चमा प्रधानमन्त्री ओलीले लिखित जवाफ पेस गर्दै आफ्नो दलले सरकार सञ्चालन गर्न साथ नदिएको र आफू ६४ प्रतिशत मतसहितको प्रधानमन्त्री भएकाले अन्य विकल्पबाट सरकार बन्ने संभावना नभएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।