काठमाडौं– संवैधानिक इजलासमा पाँचौ दिनको बहस गर्न पुगेका वरिष्ठ अधिवक्ता नरहरि आचार्यलाई इजलासबाट फर्काइएको छ।
सर्वाेच्च बारका पूर्वअध्यक्षसमेत रहेका आचार्यको नाम वकालतनामा (बहस गर्नका लागि टिपाइएको नामसूची)मा नरहेको भन्दै फर्काइएको हो।
प्रतिनिधि सभा विघटनविरुद्धका रिट निवेदक ज्ञानेन्द्र आरणको पक्षबाट बहस गर्न उनी इजलास पुगेका थिए। आचार्यको नाम वकालतनामा ढिलो गरी आएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले फिर्ता पठाएका हुन्।
प्रतिनिधि सभा विघटनविरुद्धको सुनुवाइ बिहीबारका लागि सकिएको छ। सुनुवाई शुक्रबार पनि हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।