काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि भएको बहसमा अधिवक्ता टीकाराम भट्टराईले संविधानवाद नबच्ने तर्क गरेका छन्। पाँचौ दिनको बहसमा तेश्रो बहसकर्ता भट्टराईले भने, ‘केपी ओली बँच्ने कि नबँच्ने प्रश्न पनि होईन, उत्तर पनि होइन। केपी ओलीको कार्यले सविधानवाद बँच्ने कि नबँच्ने हो।’
प्रधानमन्त्री ओली नेतृत्वको सरकार ७६ (२) अनुसार बनेको उनले बताए। प्रधानमन्त्री ओली सरकार बनेपछि राजपत्रमा प्रकाशित सूचनामा ७६ (२) अनुसार बनेको तथ्य इजलासमा राखे।
दुईभन्दा बढी दलबाट प्रधानमन्त्रीका बनेका कारण २०८ मत ओलीलाई प्राप्त भएको उनले बताए। प्रतिनिधि सभामा राष्ट्रपति कार्यालयले ओली सरकार ७६ (१) अनुसार बनेको उल्लेख गरिएको थियो। भट्टराईले इजलासमा तर्क राख्दै गर्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उनलाई प्रश्न गरेका थिए,‘रिट निवेदकले स्वयं ७६(१) अनुसार वर्तमान सरकार भन्नुभएको छ। तपाई ७६ (२) भन्नुहुन्छ? यो के हो? निवेदनभन्दा बाहिर जान मिल्छ?’
बहसका क्रममा तथ्य फरक-फरक आउनसक्ने भट्टराईले जवाफ फर्काए। प्रधानमन्त्रीले सर्वोच्चमा लेखेको पत्रमा पनि ७६(२) उल्लेख गरेको भट्टराईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।