काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्ध वडा स्तरीय प्रदर्शनमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवाले अपील गरेका छन्।
प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले माघ ८ गते (बिहीवार) ६ हजार ७४३ वडामा विरोध प्रदर्शन गर्न लागेको छ। संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रर्दशन गरेको थियो।
पुस २५ गते विरोध प्रर्दशनलाई थप विस्तार गर्दै ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७५३ स्थानीय तहमा विरोध गरिएको थियो। वडा स्तरीय प्रदर्शन थप प्रभावकारी बनाउन पार्टी सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन्।
प्रतिनिधि सभा विघटन संविधानको प्रतिकुल र जनभावनाविपरीत रहेको दृष्टिकोणमा पार्टीभित्र एकमत रहेको देउवाको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।